मालती म्युजिक प्रालिको प्रस्तुतिमा कल्पना गुरुङ, रामु रावत र वीर बहादुर केसीको तीजगीत ‘भाँचम् कम्मर भाँचम्’ बजारमा आएको छ । नेपालमा तीज गीतको नाममा संस्कृति नै बिसर्ने खालका गीतहरु बजारमा आएका बेला यस गीतलाई आम दर्शक तथा स्रोताले मन पराउने विश्वास गायिका कल्पना गुरुङले व्यक्त गरेकी छिन् । माइत जान नपाएका महिलाहरुलाई मनोरञ्जन दिनको लागि र कला संस्कृतिको जर्गेना गर्नको लागि गीतको भिडियो प्रभावकारी भएको रहेको कुरा समेत गायिका गुरुङले बताईन् । रामु रावत र वीर बहादुर केसीको शब्द सिर्जनामा रामु रावतले लय सिर्जना गरेको यस गीतको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन र दीपक विष्टको सम्पादन रहेको छ । गीतको भिडियोमा आरुषी मगर र सुमन परियारको अभिनय रहेको छ भने भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।
– रोशन पोखरेल , काठमाडौं
