‘तिम्रो वचनले’ भिडियो लिएर आईन् गायिका शान्ता

३ बर्ष अगाडि ‘बाचा’ एल्बम सार्वजनिक गरेर नेपाली साँगितिक बजारमा प्रवेश गरेकी गायिका शान्ता जिसीको नयाँ म्युजिक भिडियो ‘तिम्रो वचनले’ सार्वजनिक भएको छ । बुटवलको बागेश्वरी सङ्गीत विद्यालयमा सातबर्ष संगीतको प्रशिक्षण लिएर सङ्गीतमा पाईला चालेकी शान्ताको यस म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की, सम्पदा बानिया र बालकलाकार आयुशी लुईटेलको अभिनय देख्न सकिन्छ ।

गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गायिका आँफैले शब्द कोरेकी छिन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथा मिक्सिङ किशोर थापाले गरेका हुन् ।

भिडियोलाई आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा नव ढुंगेलले निर्देशन गरेका छन् । संचारकर्ममा एक दशक बिताईसकेका ढुंगेल पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् l भिडियो उनले ८० को हाराहरीमा म्युजिक भिडियो तथा १ दर्जन टेलिभिजन कमर्सियल कार्यक्रम निर्माण गरिसकेका छन् । त्यस्तै भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् भने माधव बेल्बासेले सम्पादन गरेका छन् ।

गायिका शान्ताका यसअघि ‘बाचा’ ,तीजगीत ‘टोकियोमा किनेको साडी’, ‘बरि लै’ लगायतका भिडियो सार्वजनिक भएका छन् ।