खरेलका दुई चलचित्र अमेरिकी संरक्षणमा

वरिष्ठ चलचित्रकर्मी यादव खरेलका दुई चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ लाई अमेरिकाको एउटा युनिभर्सिटीले संरक्षण गरेर राख्नेभएको छ l प्राप्त जानकारी अनुसार यी दुई चलचित्रलाई युनिभर्सिटी अफ क्यालिफोर्नियाले आफ्नो लाईब्रेरीमा संरक्षण गरेर राख्ने भएको हो l सो युनिभर्सिटीमा अमेरिकाकै दोस्रो ठूलो लाईब्रेरी रहेको थाहा भएको छ l चलचित्र निर्देशक/निर्माता खरेलद्वारा प्रकाशित विज्ञप्तिका अनुसार नेपालको ईतिहास र भाषाको विकाशक्रम बुझ्न यी दुई चलचित्र सहायक हुने ठहर गर्दै युनिभर्सिटीले आफ्नो लाइब्रेरीमा राख्न लागेको हो l २०५० सालमा निर्माण भएको ‘प्रेमपिण्ड’ बालकृष्ण समको कथामा आधारित रहेको छ l जसमा राणाकालीन समयका घटनाक्रमहरु छन् भने २०५६ सालमा निर्मित ‘आदिकवि भानुभक्त’ भानुभक्तको जीवनीमा आधारित छ l