राजन र कृष्णा युरोपको तयारीमा

गायक राजन भुजेल विश्वकर्मा र गायिका कृष्णा परियार म्याग्दी प्रवाशी नेपाली संघ [MONA} वेल्जियमको निमन्त्रणामा  सांगीतिक टुरको लागि यूरोप जाने भएका छन् l गायक राजनले दिएको जानकारी अनुसार यूरोपको पहिलो कार्यक्रम १६ गते वेल्जियमबाट सुरु हुने छ भने यूरोपका अन्य देश जर्मन, पोर्तुगल, फ्रान्स, स्पेन र न्युजिल्याण्डका लागि पनि कार्यक्रमको मिति तय भईसकेको छ l निर्धारित भन्दा बढी कार्यक्रम थप नभएमा दुबैजना आगामी साउन ८ गते नेपाल फर्कने योजना रहेको छ l गायक राजन र गायिका कृष्णा दुबैको यो पहिलो यूरोप भ्रमण हो l
०५१ सालबाट सक्रिय गायनमा आएका गायक राजन स्थापित सुनचाँदी गहना व्यावसायी समेत हुन् l उनले हालसम्म २ दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् भने ‘मलाई त च्वाँक केटी चाहिन्छ’ उनको सर्वाधिक लोकप्रिय गीत हो l