पत्रकार र कलाकारलाई सम्मान

चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, मकवानपुर शाखाले २ पत्रकार र २ कलाकारहरुलाई सम्मान गरेको छ l गत जेठ ७ गते हेटौंडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको हो l जस अनुसार राजधानी दैनिकका डब्बु क्षेत्री नगद रु. ११ हजार १ सय ११ सहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५’ बाट सम्मानित भएका छन् भने जनता टेलिभिजनका पत्रकार राम कुमार एलनलाई नगद रु. ५ हजार सहित ‘चलचित्र पत्रकारिता पुरस्कार २०७५’ बाट सम्मान गरिएको छ l यसैगरी कलाकारद्वय निता ढुंगाना र सुशान्त श्रेष्ठ ‘कलाकारिता’ सम्मानबाट सम्मानित भएका छन् l
संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सम्पन्न सो समारोहलाई प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्र बहादुर बानिया, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, चलचित्र विकाश बोर्डका सदस्य नरेन्द्र महर्जन लगायतले सम्बोधन गरेका थिए l