गायनमा पुनः जुर्मुराउँदै रमेश

गायक रमेश पाठक पुनः सक्रिय गायनमा फर्कनेभएका छन् l यसअघि ‘जाउँ हिंड पोखरा, कलिलो मुना, तिमीबिना बाँच्न सक्छु म र भ्वाइस’ गरी ४ वटा गीति एल्बम प्रकाशन गरिसकेका रमेश यतिबेला पाँचौं एल्बमको अन्तिम तयारी गरिरहेका छन् l केही गीत रेकर्ड भइसकेर भिडियोको तयारी भईरहेको र केहीगीत रेकडिंग भईरहेको कुरा भेटमा उनले बताए l रमेशले दिएको जानकारी अनुसार ‘लाग्छ धेरै तिम्रै माया’ [पप सेन्टिमेन्टल], ‘रिस गर्नेहरु’ [पप रोमान्टिक] र ‘हत्ते हालिन्छ’ [लोकदोहोरी] रेकर्ड भईसकेर भिडियो निर्माणको तयारीमा छन् भने ‘जति माया’ [आधुनिक], ‘नसोचेको भयो’ [आधुनिक] र ‘तिमी आकाश भए’ [पप रोमान्टिक] रेकर्डको क्रममा छन् l हालसम्म लगभग १ दर्जनजति गीतका शब्दरचना र त्यति नै संख्यामा सङ्गीत समेत गरेका रमेश पाठक जिनियश म्युजिकका सञ्चालक समेत हुन् l १ लाख २० हजार सब्स्क्राइबर रहेको जिनियश म्युजिकको युट्युब च्यानल सुचिकृत समेत भईसकेको छ l लगभग २ बर्षको अन्तरालमा पाँचौं एल्बम प्रकाशन गर्न लागेका गायक पाठक आगामी दिनमा गायनलाई निरन्तरता दिने बताउँछन् l