मदनकृष्णलाई पत्नीशोक

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ l विगत ६ वर्षदेखि क्यान्सरको उपचार गराईरहेकी ६७ बर्षीय उनकी पत्नी यशोदा सुवेदी श्रेष्ठले गत चैत १९ गते राती देह त्याग गरेपछि दुनियाँलाई हँसाउने कलाकार मदनकृष्ण पीडामा डुबेका छन् l चैत २० गते आर्यघाटमा यशोदाको अन्तिम संस्कार गरिएको थियो l जागिर खाने सिलसिलामा चिनजान भई प्रेम भएपछि २०३० सालमा भागी बिबाह गरेका मदनकृष्ण र यशोदाले केही दिनपछि नेवारी परम्परा अनुसार बिबाह गरेका थिए भने उनीहरुका यमन र सराना एक छोरा र एक छोरी छन् l क्यान्सर अन्तिम स्टेजमा पुगेपछि मात्र ६ बर्षअघि सो रोगबारे जानकारी पाएका मदनकृष्णले पत्नी यशोदालाई बचाउनका लागि हर सम्भव प्रयास गरेका थिए l