कमला श्रेठको निधन

अग्रज गायिका कमला श्रेठको गत चैत ५ गते ६९ बर्षको उमेरमा निधन भएको छ l २०२४ सालमा ‘नौगेडीको माला मेरो’ बोलको गीतबाट रेडियो नेपालमा प्रथम भएकी गायिका कमला श्रेष्ठ नारायणगोपालसंग गाएको गीत ‘ईश्वर तैंले रचेर फेरि’ बाट लोकप्रिय भएकी थिईन् l ‘तारेभीरमा बाबियो लसरी पसरी, सहिदिन्छु कुट बरु’ आदि उनका अन्य चर्चित गीत हुन् l ०२५ सालमा कर्मचारीका रुपमा नाचघर प्रवेश गरेकी कमलाले ०२६ सालमा तारारत्न स्थापितसँग बिबाह गरेकी थिईन् l