जलजलाको मृगौला प्रत्यारोपण

दुबै मृगौलाले काम नगरेपछि केही महिना अगाडिदेखि शिक्षण अस्पताल, महाराजगन्जमा डायलोसिस गराईरहेकी गायिका जलजला परियारको मृगौला प्रत्यारोपण भएको छ l प्राप्त खबर अनुसार भारतको दिल्लीस्थित अपोलो हस्पिटलमा गत चैत १९ गते मृगौला प्रत्यारोपणको काम सफल रुपमा सम्पन्न भएको हो l जलजलालाई उनकै आमा जुनु परियारले मृगौला दिएकी हुन् l जलजलाको उपचारका लागि देश-विदेशमा सङ्गीतकर्मीहरुले आर्थिक सहयोग गरेका भएपनि के कति रकम सङ्कलन भएको थियो भन्ने कुरा भने जलजलाको परिवारले हालसम्म सार्वजनिक गरेको छैन l