रिलिजको तयारीमा ‘भैरे’

एभरेष्ट सूर्य बोहराको लेखन/निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र ‘भैरे’ आगामी जेठ १८ मा रिलिज हुनेभएको छ l निर्माण पक्षले हालै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो l कार्यक्रममा चलचित्रको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो l १सय २० भन्दा बढी कोरसको प्रयोग गरिएको प्रस्तुत गीत ६ दिन लगाएर छायांकन गरिएको थाहा भएको छ l समारोहमा मुस्तांगदेखि पोखरा सम्मका ८ जिल्लामा चलचित्रको छायांकन गरिएको कुरा समेत लेखक/निर्देशक बोहराले बताएका थिए l
निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी साथै सह निर्माता करुणाकार घिमिरे, सविता गुरुङ र कुमार बस्नेत रहेको ‘भैरे’ को कार्यकारी निर्माता भने लेख बहादुर पुन हुन् l चलचित्रमा वसन्त सापकोटा, यम बराल र अर्जुन पोख्रेलको सङ्गीत, वसन्त श्रेष्ठ, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, सूर्य थोकरको द्वन्द्व निर्देशन एवं पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने दयाहांग राई, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बुद्धि तामांग, वर्षा शिवाकोटी, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित आदि कलाकारको प्रमुख भूमिका रहेको छ l