रोईलामा रम्दै कमल

प्रतिभाशाली गायक कमल सिंह झाँक्री मगर रोइला गीत ‘लाजै नभा नकटी’ लिएर पुनः बजारमा आएका छन् l देवी घर्तीसंग उनले गाएको सो गीत भावना म्युजिक सोलुशनको प्रस्तुतिमा हालै म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज भएको छ l खड्क रोकाया र कमल स्वयमको शब्दरचनामा रहेको सो गीतको लय सिर्जना कमलले नै गरेका हुन् भने कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियोमा विमल अधिकारी र कृति अधिकारीको अभिनय रहेको छ l
गीत-सङ्गीतमै स्थापित हुने लक्ष राखेर राजधानीमा सङ्घर्ष गरिरहेका मदाने-२, गुल्मीका २४ बर्षे गायक कमलको पहिलो गीत ‘अर्को जुनी’ ०६९ सालमा रेकर्ड भएको थियो l त्यसपछि उनका ‘मनको रहर, तिम्रो चिनो, नाचौं यसपाली, कति बाँचुँ र ए पूर्वेली नानी’ शीर्षकका गीत बजारमा आइसकेका छन् l पछिल्लो रोइला उनको सातौँ गीत हो l फरक प्रकृतिको शैली र रौनक भएको रोइला गीत यदाकदा मात्र बजारमा आउने गरेको पाईन्छ l