नयाँ भिडियोमा गीतकार दीप

गीतकार दीप गिरीले भरखरै संगस नेपाल नामक युट्युब च्यानलबाट ‘चारैदिशा’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरेका छन् l शिखर सन्तोषको सङ्गीत एवं राज खम्बू र साधना सरगमको स्वर रहेको प्रस्तुत युगल गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा निराजन प्रधान र सङ्गीता नापितको अभिनय रहेको छ l ०५० सालमा प्रकाशित कलेक्शन एल्बम ‘प्रतिबिम्ब-२’ का लागि ‘सुनकेशरी’ बोलको गीत लेखेर औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेका गीतकार दीपका त्यसपछि ‘फुटेको ऐना’ [कर्णदास] र ‘मौका नै दिएनौ’ [योजना पुरी] बोलका दुईगीत प्रकाशन भईसकेका छन् भने ‘चारैदिशा’ उनको चौथो रेकर्डेड गीत हो l हाल युकेलाई कर्मथलो बनाईरहेका गीतकार दीपले अन्य गीतपनि क्रमैसंग बजारमा ल्याउने तयारी भईरहेको जानकारी गराएका छन् l