जेसिजद्वारा सङ्गीतकार श्रेष्ठ पुरस्कृत

लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठलाई नेपाल जेसिजले ‘उत्कृष्ठ युवा पुरस्कार-२०१७’ द्वारा पुरस्कृत गरेको छ l जेसिजको हालै भैरहवामा सम्पन्न ४४औं महाधिवेशनको अवसरमा सङ्गीतकार श्रेष्ठलाई नगद सहित ताम्रपत्र र स्वर्णपदकले पुरस्कृत गरिएको हो l समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए l जेसिज लालमणि पन्तको संयोजकत्वमा गठित समितिले यसबर्षको पुरस्कारका लागि सङ्गीतकार श्रेष्ठलाई छनोट गरेको बताइएको छ l नेपाल जेसिजले हरेकबर्ष नेपाली साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्दै आएको छ l