एपी वानद्वारा रोयल्टीको प्रतिवद्धता

भरखरै सफलतापूर्वक गायन प्रतियोगिता ‘नेपाल आइडल’ सम्पन्न गरेको एपी वान टेलिभिजनले निकट भविष्यमै संचालन हुने नृत्य प्रतियोगिता ‘बुगी वुगी’ मा गीत-सङ्गीत प्रयोग भए वापत रोयल्टी दिने प्रतिवद्धता ब्यक्त गरेको छ l तीनवटै रोयल्टी सङ्कलन संस्था एवं सङ्गीत क्षेत्रका अन्य सङ्घ-संस्थाका पदाधिकारीहरुसंग भएको छलफल कार्यक्रममा  टेलिभिजनका निर्देशक सुरेश पौडेलले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् l छलफल कार्यक्रममा निर्देशक पौडेलले विगतमा कमी-कमजोरी भएको स्वीकार्दै आगामी दिनमा स्रष्टा-कलाकारको नैतिक अधिकार हनन हुन नदिने र टेलिभिजनले हरेकबर्ष आयोजना गर्दै आएको बार्षिकोत्सव कार्यक्रममा प्रयोग हुने गीतको  समेत छुट्टै रोयल्टी दिने परम्परा बसाल्ने वचनवद्धता प्रकट गरेका थिए l उनले टेलिभिजनबाट समय समयमा प्रतिलिपि अधिकार बारेको चेतनामूलक सामग्री समेत प्रसारण गर्ने बताए l छलफल एपी वान टेलिभिजनको कार्यालय थापाथलीमा भएको थियो l