गायक राईलाई अन्तर्राष्ट्रिय पप गायकको उपाधि

मासिक पत्रिका तथा अनलाइन ‘मिलाप’ को आयोजनामा हालै प्रसिद्ध गायक राजेशपायल राईलाई ‘मिलाप सम्मान-२०७४’ प्रदान गरिएको छ l अमेरिकाको रोचेष्टर सिटीले राजेशपायललाई ‘अन्तर्राष्ट्रिय पप गायक’ को उपाधि दिंदै सम्मान गरेकोले यो घटनालाई नेपाल र नेपालीकै गौरवको रुपमा लिंदै सम्मान कार्यक्रमको आयोजना गरिएको कुरा मिलाप मासिकका सम्पादक कृष्ण भुसालले बताएका छन् l प्राप्त जानकारी अनुसार रोचेष्टर सिटीका मेयरले राजेशपायलको नाममा हरेक बर्षको नोभेम्बर ५ मा ‘राई इज किंग’ नामक फेष्टिभल समेत मनाउने घोषणा गरेका छन् l समारोहमा गायक राजेशपायलले कुनैबेला अमेरिकी दुताबासले भिषा नदिएको स्मरण गर्दै यो सम्मान आफूले मात्र पाएको नभई सम्पूर्ण नेपालीले पाएको धारणा ब्यक्त गरेका थिए भने चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र विकाश बोर्डका सदस्य उत्तम के. सी., अनेसास नेपाल अध्यक्ष राधेश्याम लेकाली, प्रा. डा. सुरेन्द्र के. सी., पत्रकार शान्तिप्रिय, मिलापकी कार्यकारी सम्पादक गीता अधिकारी लगायतले सम्मानित गायक राईलाई बधाई तथा शुभकामना दिएका थिए l