कलाकार सङ्घद्वारा गिरी, सुवेदी र अधिकारी पुरष्कृत हुँदै

नेपाल चलचित्र कलाकार सङ्घले आगामी फागुनमा सम्पन्न हुने साधारण सभामा म्युजिक डायरी मासिकका प्रधान सम्पादक/प्रकाशक तुलसी गिरी ‘भावुक’, बक्स अफिस मासिकका प्रधान सम्पादक आर. के. सुवेदी र मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीलाई ‘चलचित्र कलाकार सङ्घ पत्रकारिता पुरस्कार२०७४’ बाट पुरष्कृत गर्नेभएको छ l सङ्घको गत मङ्सिर ४ गते बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको थाहा भएको छ l समारोहमा हास्यब्यंग्य क्षेत्रका अग्रज स्रष्टा/कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘चलचित्र कलाकार सङ्घ राष्ट्रिय पुरस्कार-२०७४’ प्रदान गरिने छ भने ‘शान्ति मास्के पुरस्कार’ बाट आर. पी. पन्त, ‘विशेष सम्मान’ बाट गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, ‘नवप्रतिभा सम्मान’ बाट दिपिका प्रसाईंका साथै ‘सेवा सम्मान’ बाट राजेन्द्र शलभ, शम्भु निरौला, जय श्रेष्ठ र प्रकाश धिताल सम्मानित हुने छन् l