चलचित्र चलाउनका लागि अब नयाँ-नयाँ फन्डा

चलचित्र चलाउनका लागि अब नयाँ-नयाँ फन्डा अपनाउन सकिएन भने गाह्रो छ । यसैले पनि मेकरहरुले नयाँ-नयाँ सोच विकास गर्न थालेका छन् । अब, देशभर कन्सर्ट गर्ने कार्यक्रम पुरानो भैसक्यो ।
दर्शकसँग प्रत्यक्ष जोडिनका लागि मेकरहरुले रमाइला उपाय अपनाउन जरुरी छ । भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को निर्माण टिमले यस्तै एउटा नयाँ उपाय अपनाएको छ ।
तपाई, काठमाण्डौका केही रेष्टुरेन्ट र होटलमा जाँदै हुनुहुन्छ भने अब तपाइले ‘रामकहानी’ नाम प्रयोग गर्नुपर्नेछ । अहिले रेष्टुरेन्ट र होटलमा पुगेर मानिसले खोज्ने पहिलो कुरा, वाइफाई र त्यसको पासवर्ड नै हो ।
काठमाण्डौका केही रेष्टुरेन्ट र होटलमा तपाइले वाइफाइको यूजर नेम र पासवर्ड माग्दा Ramkahani पाउनुहुनेछ । निर्देशक सुदर्शन थापाले रेष्टुरेन्ट र होटल पुग्ने ग्राहकले पासवर्ड माग्दा वेटरले ‘रामकहानी’ दिने बताए । यसले, दर्शकलाई चलचित्रको बिषयमा कौतुहलता हुने उनको विश्वास छ ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र अहिले चर्चामा छ । चलचित्रको ट्रेलर साउनको १७ गते सार्वजनिक हुने निर्माणपक्षले जनाएको छ ।