सञ्जु मोक्तानको पहिलो गीत ‘माया कुरा सुनिदेऊ’ सार्वजनिक


भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट निकै चर्चा बटुल्न सफल भएकी पप गायिका सञ्जु मोक्तानको पहिलो गीत माया कुरा सुनिदेऊ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ भाद्र ३१ गते अर्थात् सेप्टेम्बर १६ मा गीतका सर्जक ध्रुव प्रसाद अम्गाईको युट्युब च्यानल M3 Media Nepal मार्फत सार्वजनिक भएको हो । गीतमा कल्याण सिंहको सङ्गीत र विषम आचार्यको म्युजिक एरेञ्ज रहेको छ l सोनाम पाख्रिनको निर्देशनमा निर्मित यस भिडिओमा सञ्जु मोक्तान, सन्तोष बानियाँ र अनिश मगरले अभिनय गरेका छन् भने बुध्द थापाको सिनेम्याटोग्राफी र बिकास दाहालको सम्पादन रहेको छ ।

केही समयअघि किरण गजमेर र अस्मिता अधिकारीको स्वरमा रहेको गीत आँखा आँखा जुधी ले निकै राम्रो चर्चा कमाएकै बेला निकै राम्रो सम्भावना भएको यो भिडिओ रिलिज भएको हो l गीतकार अम्गाईले एकपछि अर्को हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका छ्न् ।

गीतकार अम्गाई विगत २० बर्षदेखि प्रवासमा बस्दै आएका छ्न् l गोर्खा जिल्ला, फुजेल जन्मथलो भएका अम्गाई समाजसेवी एवं खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन् । अम्गाईका हालसम्म तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न् । हरेक बर्ष उनका गीतले चर्चा पनि कमाईरहेका छन् l

नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देस, आँखा आँखा जुधी आदि उनका चर्चित गीत हुन् । उनले राजधानीमा आयोजना हुँदै आईरहेका अवार्डहरुमा हरेक बर्ष उत्कृष्ट गीतकारको विधामा अवार्डहरु पनि हात पारिरहेका छ्न र यो बर्ष गीतकार सङ्घ नेपालले प्रदान गर्ने बर्षगीत पुरस्कारमा समेत उनको गीत तिमीलाई सन्देश उत्कृष्ट दशभित्र पर्न सफल भएको छ ।