दृष्टिविहीन बालबालिकाहरुको स्वरमा विश्वशान्तिको गीत

-तुलसी गिरी ‘भावुक’


दृष्टिविहीन सर्जक रमेश सुवेदीको सङ्गीत र दृष्टिविहीन सातजना बालबालिकाहरुको स्वर रहेको सन्देशमूलक गीत सर्वधर्मी बनौं को भिडिओ सार्वजनिक भएको छ l मङ्गलबार काठमाण्डौको रविभवनस्थित होटल क्राउन इम्पेरियलको सभा हलमा आयोजित एक औपचारिक समारोहमा भिडिओ लोकार्पण गरिएको हो l

SUBSCRIBE 👉

कुमार श्रेष्ठको शब्द र हरि लम्सालको सङ्गीत संयोजन रहेको सो गीतमा प्रोसेस पाण्डे, नेहा पौडेल, फुर्बा गुरुङ, आयुष काफ्ले, बबिता बस्याल, पूजा बाहुन र अमन थारुले स्वर दिएका छन् l वरिष्ठ लोकवार्ताविद् एवं कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा भिडिओ प्रदर्शन पश्चात् बालबालिकाहरुले सो गीत लाइभ समेत प्रस्तुत गरेका थिए l Shangrila Vibes नामक संस्थाको प्रस्तुतिमा आएको यो भिडिओ Shangrila Vibes नामक युट्युब चानलमै अपलोड गरिएको छ l

भिडिओ गीतकार कुमार श्रेष्ठकै निर्देशन र सुन्दर मल्लको कोरियोग्राफीमा निर्माण भएको हो l जसमा अभिषेक माझीको सिनेम्याटोग्राफी र दीपक तामाङको सम्पादन रहेको छ l भिडिओमा सातैजना दृष्टिविहीन गायक-गायिकाको साथमा सुमन रिमाल र रमेश सुवेदीलाई पनि देख्न सकिन्छ l ‘विश्व एकता, मानवीयता र भाइचाराको सन्देश बोकेको यस गीतले नाम फरक फरक भएपनि ईश्वर एउटै हो l जात, धर्म, सम्प्रदाय र धनी-गरीबको नाममा कसैलाई पनि भेदभाव नगरौं l कसैसंग पनि वैमनष्य भाव नराखौं l संसारभरका सबै मानव एकै हौँ’ भन्ने सन्देश दिएको छ l विश्वभर जातीय र धार्मिक द्वन्द्व चलिरहेको वर्तमान अवस्थामा यस गीतले विश्वशान्तिको कामना गरेको छ l यो गीतलाई एउटा सामाजिक, उद्देश्यमूलक र सार्थक गीतको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l