बाबुकै पदचाप पछ्याउँदै बाल गायिका सफलता


दश वर्षीया सफलता श्रेष्ठ म हुँ नेपाली बोलको राष्ट्रिय भावको गीत लिएर श्रोता-दर्शकमाझ आएकी छिन् । उनको स्वर र अभिनय रहेको सो गीतको भिडिओ बिहीबार गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

SUBSCRIBE 👉

विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको यो गीत सन्तोषले नै लेखेका हुन् भने दवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । हेम प्रभास अधिकारीको निर्देशन र समीर थोकरको कोरियोग्राफी रहेको यस गीतको भिडिओमा सफलतालाई नै फिचरिङ गरिएको छ । भिडिओमा अजय रेग्मीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन छ ।

अनामनगरस्थित नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीत-सङ्गीत र अभिनय भनेपछि हुरुक्क हुन्छिन् । यो उनको पहिलो सार्वजनिक गीत हो ।