एक्लोपनले निम्त्याएको पीडा ‘तिम्रै लागि’


गीतकार तारा अधिकारीको नयाँ गीत तिम्रै लागि को भिडिओ सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको यस गीतमा इन्दिरा जोशीले स्वर दिएकी छिन् । गीतमा हरि लम्सालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।

गीतको भिडिओमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा. अनिल कुमार भट्ट र डा. उमा क्यालको अभिनय रहेको छ । रमेश थापाको निर्देशनमा तयार भएको यो भिडिओ शिव ढकालको छायाङ्कन र नकुल खड्काको सम्पादनमा निर्माण भएको हो । भिडिओको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो ।

SUBSCRIBE 👉

भिडिओमा सम्पन्न परिवारकी युवतीले आफ्नो प्रेमीका लागि घर छाडेपछि उत्पन्न भएको जीवनको नयाँ मोड र उतारचढाव देखाइएको छ । भावुक भावको यस भिडिओमा उषा र बालकलाकार रियांशीको राम्रो अभिनय रहेको छ ।

निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडिओमा कथा प्रस्तुत गरिएको बताए । उनले बिहेपछि श्रीमान् वैदेशिक रोजगारमा गएपछि श्रीमतीलाई पर्ने समस्या र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको बताउँदै यसलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

विवाहपछि उमेरमै श्रीमानले छोडेर विदेश गएपछि श्रीमतीले महसुस गर्ने एक्लोपनको भावलाई समेटेर गीत लेखेको कुरा गीतकार तारा अधिकारीले बताएकी छिन् ।