वियोगान्त भावको गीत ‘दुई मुटु’ मा गीतकार डा. उपाध्याय


विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको नयाँ गीत दुई मुटु सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको म्युजिक एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको यो गीत भिडिओ सहित सार्वजनिक भएको हो ।

माइकल चन्दले निर्देशन गर्नुभएको यस गीतको भिडिओमा अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाङ्कन रहेको यस गीतको भिडिओ शिलन लम्सालले सम्पादन गर्नुभएको हो ।

SUBSCRIBE 👉

‘गीत जति उत्कृष्ट छ त्यतिकै राम्रो भिडिओ पनि दर्शकमा पस्किने कोसिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडिओ डी.आर. म्युजिक एण्ड क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्याधिक माया गर्ने श्रीमती गुमाउँदाको पिडालाई निक्कै मिर्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।

SUBSCRIBE 👉