चलचित्र ‘तिम्रो हुने कहिले ?’ को टाइटल गीत सार्वजनिक

तुलसी गिरी ‘भावुक’


तिम्रो हुने कहिले ? नामक नेपाली चलचित्रको शीर्ष गीत(टाईटल गीत) को अफिसियल भिडिओ सार्वजनिक भएको छ । यस टाईटल गीतको भिडिओ  आज राजधानीमा आयोजित एक कार्यक्रममा क्लासिक फार्म मुभी को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र सुजाता केसीले स्वर दिएका छन् ।

प्रस्तुत गीतमा शब्द, सङ्गीत र  सङ्गीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको यस गीतमा नितु पौडेल र रमिला बानले कोरस स्वर दिएका छन् । गीत क्लासिक फार्म स्टुडियो बागबजारमा रेकर्डिङ गरिएको थाहा भएको छ । मनोज डङ्गोलको रेकर्डिङ र मिक्सिङ रहेको यो गीतको गिरिस रिजालले डबिङ गरेको हुन् ।

SUBSCRIBE 👉

यस टाईटल गीतको भिडिओमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, सारादा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय देख्न सकिन्छ ।

भिडिओमा कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेतले गरेको छन् भने मेकअफ रुपा मानन्धरले गरेकी छिन् । जसको छायाङ्कन रामकृष्ण चौलागाईले र सम्पादन ललित सिंह साउदले गरेको हुन् ।

राजु गिरीको कथा तथा निर्देशन रहेको यो चलचित्रका निर्माता श्याम खत्री हुन् । चलचित्र आगामी बैशाख १० गतेबाट देशैभर प्रदर्शनमा आउने कुरा थाहा भएको छ l

SUBSCRIBE 👉