जीवन बाँच्न सिकाउने गीत ‘कतिन्जेल’

तुलसी गिरी ‘भावुक’


गीत सङ्गीत क्षेत्रमा बिभिन्न ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतका डा. डी.आर. उपाध्यायको नयाँ गीत कतिन्जेल… सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको सो गीतको भिडियो यही असोज २ गते गीतकार उपाध्यायकै युट्युब च्यानल DR Music & Creations बाट सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको सो भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाङ्कन रहेको सो  भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौं, आशा छ यहाँहरू सबैको माया पाउने छौं’ निर्देशक माइकलले भने ।

SUBSCRIBE 👉

गीतका गायक तथा सङ्गीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा सङ्गीत मार्फत उत्कृष्ट सिर्जना स्रोता/दर्शकमाझ पस्किएका छौं भन्दै भिडियो पनि त्यतिकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना अन्य गीतले जस्तै यसले पनि सबैको माया पाउने विश्वास व्यक्त गरे ।

गीतले जीवन प्रकृति जस्तै घाम-पानी, उज्यालो-अँध्यारो र सुख-दु:खको सङ्गम हो भन्ने कुरा व्यक्त गर्दै धैर्यताका साथ आशावादी भएर बाँच्न आग्रह गरेको छ भने भिडियोका निर्देशक माइकल चन्दले सामाजिक यथार्थको धरातललाई टेकेर मर्मस्पर्शी भिडियो बनाएका छन् । सन्देशमूलक भाव बोकेको यस गीतका शब्दहरु जति गहिरा छन् सङ्गीत, स्वर र भिडियोले पनि त्यति नै गहिराईबाट गीतमा शृङ्गार भरेका छन् । व्यावसायिक उद्देश्यको कृत्रिम जलप कत्तिपनि नभएका सकारात्मक उद्देश्यले अभिप्रेरित यस्ता गीत तथा भिडियोहरु बजारमा विरलै आउने गर्दछन् ।

SUBSCRIBE 👉