एक अर्काको दिलमा बास खोज्दै अञ्जु र प्रमोद

नेपाली आधुनिक सङ्गीतको क्षेत्रमा एक लोकप्रिय सङ्गीतकार हुन् सन्तोष श्रेष्ठ । दुई दशकभन्दा लामो समयदेखि सङ्गीतमै निरन्तर लागिरहेका सन्तोषले कुनै समय सीआरबीटीमा आफूलाई पहिलो नम्बरको सङ्गीतकारको रूपमा उभ्याउन सफल भएका थिए भने उनीद्वारा सङ्गीतवद्ध थुप्रै गीत लोकप्रिय रहेका छन् । यिनै लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द / सङ्गीतमा भरखरै तिम्रो मेरो दिलको बास बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो वीर बहादुर थारुको सम्पादनमा तयार भएको हो l  

समकालीन पुस्ताका चर्चित गायक / गायिका अञ्जु पन्त र प्रमोद खरेलको युगल गायनको यो गीत सगरमाथा डिजिटल मार्फत प्रस्तुत गरिएको छ । गीतमा कमल सौरागको सङ्गीत संयोजन र किशोर थापाको रेकर्डिङ / मिक्सिङ रहेको छ l सन्तोषको आफ्नै शब्द / सङ्गीतमा पहिलोपटक तयार भएको यो गीत प्रेम भावमा आधारित रहेको छ l प्रतिकूल परिस्थितिका कारण हाललाई लिरिकल भिडियो सार्वजनिक गरिएको र समय अनुकूल भएपछि भिडियो छयाङ्कन गरिने कुरा जानकारी गराईएको छ ।

SUBSCRIBE 👉