विश्वासको दियो बाल्दै गीतकार तारा अधिकारी

कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण अहिले देशमा लकडाउन जारी छ । यो समयमा पनि बिभिन्न श्रष्टा – कलाकारहरुले आ-आफ्ना सिर्जनालाई बिभिन्न माध्यमबाट सार्वजनिक गरिरहेका छन् । यसै क्रममा गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत विश्वासको दियो को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

SUBSCRIBE 👉

राज सिग्देलको आवाज रहेको यस गीतमा कल्याण सिंहको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । यो गीत आर. बी. र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् ।

SUBSCRIBE 👉

लकडाउनका कारण भिडियो छायाङ्कन गर्न नपाएपछि सुनौलो तारा एल्बममा समावेश गीतका लिरिकल भिडियो क्रमैसँग सार्वजनिक गरिएको कुरा गीतकार तारा अधिकारीले बताईन् । सुनौलो तारा एल्बमबाट दुई लिरिकल भिडियो यसअघि नै दर्शक / स्रोतामाझ आइसकेका छन् l यो भिडियो सुनौलो तारा नामक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

SUBSCRIBE 👉