जीवन र भोगाइका यथार्थ भाव: ‘कसैले सोधे जीवन के हो’

तुलसी गिरी ‘भावुक’


सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको शब्दरचना, मोफसलमै रहेर पनि गीतकारको रुपमा राष्ट्रियस्तरमा प्रसिद्धि कमाएका पोखरेली सर्जक सुमन श्रापितको सङ्गीत तथा कल्पना गौतमको स्वरमा रहेको गीत कसैले सोधे जीवन के हो को लिरिकल भिडियो सार्वजनिक भएको छ l पोखराको पुरानो रेकर्डिङ स्टुडियो बार डिजिटल मा रेकर्ड भएको यस गीतका सङ्गीत संयोजक सुनिल थापा हुन् l सर्वज्ञमान शाक्यले रेकर्ड गरेको यस गीतमा वुद्धराज बज्राचार्यको मिक्सिङ / माष्टरिङ रहेको छ भने लिरिकल भिडियोको सम्पादन अभिलेख घिमिरेले गरेका हुन् l

SUBSCRIBE 👉

गीतमा जीवन भोगाई, चाहना र प्राप्ति सम्बन्धी गहन दर्शन व्यक्त भएका छन् l गीतले भन्छ– चाहेका सबै कुरा प्राप्त हुन्नन् तथापि नचाहेको हिरा भन्दा चाहेको फलामकै बढी महत्व र माया हुन्छ l भिडियो Basaai Official Channel नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l  

SUBSCRIBE 👉