आमाहरुप्रति समर्पित गीत ‘आमा जस्तो अर्को ठूलो’

मातातीर्थ औंशीको दिन पारेर सबै आमाहरुप्रति समर्पित गर्दै सन्जिब कुमार पौडेल र रेखा पौडेलले युगल स्वरमा आमा जस्तो अर्को ठूलो छैन कुनै धाम बोलको गीत प्रकाशन गरेका छन् l  साहित्यकार अञ्जना पौडेलको शब्दरचना तथा रेखा पौडेलको सङ्गीत रहेको यस गीतको भिडियो Sanjib Kumar Paudel नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l 

SUBSCRIBE 👉

लामो समय अघिदेखि सङ्गीत सिर्जना सँगसँगै गायनलाई समेत निरन्तरता दिँदै आईरहेकी रेखा र गायक सन्जिब कुमारको सहकार्यमा प्रकाशित धेरै गीत स्रोताले मन पराउँदै आएका छन् भने गीत तथा कविता लगायतका साहित्यिक विधामा कलम चलाउँदै आएकी अन्जना पौडेल ‘अनुश्रुति’ एक सुपरिचित सर्जक हुन् l

SUBSCRIBE 👉