धर्ती बचाऊँ भन्दै आए वीरेन्द्र र माण्डवी

सी. एल. शर्माको शब्द / सङ्गीत, विपिन आचार्यको सङ्गीत संयोजन तथा वीरेन्द्र जोहारी र माण्डवी त्रिपाठीको युगल स्वरमा रहेको कोरोना भाइरस विशेष चेतनामूलक गीत ‘धर्ती बचाउने कुरा गरौँ’ को भिडियो सार्वजनिक भएको छ l एकता, मानवीयता र भाइचाराको सन्देश बोकेको यस गीतले सङ्कटको घडीमा जात, धर्म र वर्ग भन्दा माथि उठेर एक हुनुको विकल्प नरहेको सन्देश दिएको छ l

साथ चाहिने दु:खमा हो, हात चाहिने दु:खमा नै हो
मानवता चाहिने विपत्तिमा हो, महानता चाहिने आपत्तिमा हो
आउनुस् सबै मिली पूरा गरौँ, यो धर्ती बचाउने कुरा गरौँ

SUBSCRIBE 👉

भुवनेश जोहारीको छायाङ्कन तथा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन एवं सम्पादनमा निर्माण भएको यो भिडियो गायक वीरेन्द्रकै युट्युब च्यानल Birendra Johari मा अपलोड गरिएको छ l

SUBSCRIBE 👉