आत्मनिर्भरता र स्वाभिमानको गीत ‘मैले टेक्ने जमिनमा’

तुलसी गिरी ‘भावुक’


वसन्त वित्यासी थापाको शब्दरचना, निरश मगरको सङ्गीत तथा रिमा गुरुङ होडा. दीपक लिम्बू र निरश मगरको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘मैले टेक्ने जमिनमा’ को भिडियो सार्वजनिक भएको छ l जसमा महाराज थापाको सङ्गीत संयोजन तथा किशोर थापाको रेकर्डिङ / मिक्सिङ रहेको छ l

भकारी एमडीसीले प्रकाशन गरेको यो गीत तथा भिडियो Best Tone Music नामक युट्युब च्यानलबाट हालै रिलिज भएको हो l गीतमा आफ्नो पन, आफ्नो प्रकृति र भौगोलिक सम्पदामाथि गर्व गरिएको छ भने आत्मनिर्भर भई स्वाभिमानका साथ बाँच्न पाऊँ भन्ने चाहनाहरु व्यक्त भएका छन् ।

यसैगरी भिडियोमा दीपेन बस्न्यातको निर्देशन/सम्पादन रहेको छ भने भूवन अछामी, दीपक श्रेष्ठ, आर्यन अछामी, सुस्मिता गिरी, पवित्रा थापा, प्रिया थापा, मणिराम थापा, विजु थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

SUBSCRIBE 👉

‘राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा भिडियो प्रस्तुत गरेका छौं, हाम्रा अन्य गीतले जस्तै यस गीतले पनि स्रोता / दर्शकको माया पाउने कुरामा आशावादी छौं’  गीतकार तथा भकारी एमडीसीका अध्यक्ष वसन्त वित्यासी थापाले भने ।

SUBSCRIBE 👉