हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’

मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भएको तीन हप्ता कटिसक्यो । यो समयमा विश्व नै कोरोनाबाट त्रसित बनिरहेको अवस्था छ । जसका कारण विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । उद्योगधन्दा, कलकारखाना, अफिसहरु, चलचित्र उद्योग, सङ्गीत उद्योग सबैमा असर पुगेको छ । यस्तो विषम परिस्थितिका बाबजुद नेपालको सङ्गीत उद्योगमा भने केही गीत तथा भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

पहिला नै रेकर्डिङ तथा छायाङ्कन गरेर सम्पादनको क्रममा रहेका र रेकर्ड भएर छायाङ्कन हुन नपाएका { लिरिकल भिडियोको रुपमा } भिडियोहरु लकडाउनको समयमा पनि सार्वजनिक भइरहेका छन् । लकडाउनकै समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’ सार्वजनिक भएको छ ।

गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर रहेको छ । गायिकाद्वय हरिमाया र सीता गुरुङको शब्द तथा सङ्गीत रहेको ‘चरी बस्यो’ सार्वजनिक भएसँगै सो भिडियोले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।

SUBSCRIBE 👉

‘चरी बस्यो’ को भिडियोलाई पश्चिमाञ्चल कल्चरल ग्रुपले निर्माण गरेको हो । दीप गुरुङको निर्देशनमा बनेको उक्त भिडियो मधुर बस्नेत, विजय लामा र प्रेम खनालले छायाङ्कन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् । हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफी रहेको यस भिडियोमा राइनासकोटको घुमाउने घर { गोलघर } मा रोधी बसेको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा वरिष्ठ गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङ लगायत पश्चिमाञ्चल कल्चरल ग्रुपका कलाकारहरुको अभिनय रहेको छ ।

SUBSCRIBE 👉