कुमारीपाटीमा खुल्यो ‘त्रिदेवी फेशन हाउस’

ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेशन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गईरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेशन हाउस’ थपिएको हो । फेशन डिजाइनरत्रय दिलमाया मगर, दीपा केसी र सङ्गी आचार्यले सञ्चालनमा ल्याएको उक्त फेशन हाउसको बुधबार एक समारोहबीच पूर्व मिस नेपाल सुगारिका केसी, र्यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा पूर्व मिस नेपाल केसीले नेपाली बजारमा फेशन क्रेज बढिरहेका बेला नयाँ सोच र उद्देश्यका साथ ‘त्रिदेवी फेशन हाउस’ थपिएकामा खुशी व्यक्त गरिन् । उनले भनिन् -‘यो फेशन हाउस फेशन पारखीहरुका लागि रोजाई बन्न सकोस्, शुभकामना छ ।’ उद्घाटनपछि डिजाइनरमध्येकी एक दीलमाया मगरले भनिन् -‘ यस फेशन हाउसमा बजारमा चलेका विविधखाले पहिरनका साथै विशेषगरी वेडिङ गाउनलाई हामी प्राथमिकता दिने छौँ ।’ उनले आफूहरुको कसैसँग प्रतिस्पर्धा नहुने पनि बताइन् ।

पछिल्लो समय बुटिक जोन बन्दै गएको कुमारीपाटीमा सञ्चालनमा आएको ‘त्रिदेवी फेशन हाउस’ सम्भवतः काठमाण्डौकै सबैभन्दा ठूलो बुटिक हो । फेशन डिजाइनरत्रयले फेशन बजारको प्रतिस्पर्धामा आफूहरुले सर्वशुलभ मूल्यमा स्तरीय पहिरन तयार गर्ने बताएका छन् । डिजाइनरत्रयले हालैमात्र इन्टरनेशनल इष्न्टिच्युट अफ फेशन टेक्लोलोजी (आईआईएफटी) बाट एड्भान्स डिप्लोमा कोर्षको अध्ययन पूरा गरेका हुन् । बागबजारस्थित ‘आईआईएफटी’ का विद्यार्थीद्वारा सञ्चालनमा ल्याइएको यो पछिल्लो बुटिक हो । यसअघि आईआईएफटीका विद्यार्थीले राजधानीका बिभिन्न स्थानमा बुटिक सञ्चालन गरिसकेका छन् ।

SUBSCRIBE 👉
SUBSCRIBE 👉