–प्रकाश बराईली ‘अभिव्यक्ति’
अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा हुन गईरहेको सातौं राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७८ को फारम खुल्ला भएको छ । अवार्ड कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आगामी जेठ २९ गते भब्य रुपमा सम्पन्न हुने भएको छ ।
विगतका वर्षहरुमा झैं यसवर्ष पनि अवार्ड कार्यक्रमलाई निरन्तरता दिन लागिएको र कोभिड १९ को कारणले गर्दा ढिला भएको कुरा जानकारी गराउँदै अवार्ड कार्यक्रमलाई सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन आयोजक कमिटीका अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।
सातौं राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७७ को फारम २०७८ वैशाख २० सम्मका लागि खुल्ला गरिएको थाहा भएको छ । सो अवार्डमा २०७६ र २०७७ सालभरिमा प्रकाशित गीत र तीनका विधामा अवार्डका लागि फारम भर्न पाईने कुरा आयोजक पक्षले बताएको छ । यस अवार्डमा कूल ३३ विधामा अवार्ड बितरण गर्न लागिएको जानकारी प्राप्त भएको छ ।