डा. डीआर उपाध्याय
यतिबेला सबैको ध्यान सत्तारूढ नेकपामा छ । यो पाटी विभाजन हुन्छ कि एक ढिक्का भएर मिलेर जान्छ त्यो त अहिले यसै भन्न सकिने अवस्था छैन । धेरैले भन्छन्, सत्तारूढ नेकपा विभाजनको संघारमा छ । तर मैले यसरी ठोकेर भन्न सक्दिन । किन कि नेकपाभित्र पटक पटक झगडा हुने र अन्तमा मिलेर गएको देखेका छौ । यो पाटी फुटनु हुदैन भन्र्ने मेरो भनाई हो । किन की यो नेकपा मुलुकको सवै भन्दा ठूलो दल हो । यो पाटी फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित छ । त्यसैले यो पाटीलाई कुनै हालतमा फुटन दिनु हुदैन । सवै शक्ति मिलेर यो पाटी जोगाउनु पर्ने आबश्यकता देखिएको छ । तर कसैलाई यो पाटी फुटे हुन्थ्यो भन्र्ने पनि होला । ति तत्व भनेका मुलुकमा अस्थिरता निम्त्याउने र धमिलो पानीमा माछा मार्ने प्रवृतिका तत्व हुन । ती तत्वहरुको सपना कुनै हालतमा पुरा हुन दिनु हुदैन । नेकपा भावनात्मक रुपमा एक भएर जानु पर्छ । नागरिकको चाहना अस्थिरताको दुश्चक्रबाट मुलुकलाई मुक्त गर्ने हो र विकास र समृद्धिको यात्रा थाल्ने हो । नेकपाले सत्तास्वार्थको राजनीति छाड्नु पर्छ । राजनीतिलाई सेवाभावले हेर्नु पर्छ । त्यसो भयो भने लोभ लालच कसैलाई हुदैन । लोभ र लालचले सवै कुरा बिगारेको छ । अव ओली–प्रचण्ड बीच मिलेर जाने सहमति हुनु पर्छ । यो आम नेपाली जनताको चाहना हो । बिगतमा भएका सहमतिको कार्यान्वयन गरेर दुवै अध्यक्ष अघि बढनु पर्छ । अब केपी शर्मा ओली, पुष्पकमल दाहाल ,माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम , नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु मिलेर अघि बढनु पर्छ । अहिले झगडा गर्ने बेला होइन , विश्व कोरोना संकटमा छ । त्यसबाट हामी पनि अछुतो छैनौ । युरोपमा यसको दोस्रो लहर सुरु भइसक्यो । यो जाडो महिनामा अरू संक्रामक हुने अनुमान गरिएको छ । अव चिसो बढ्दै छ । खोपको अझै टुंगो छैन । आए पनि त्यो सर्वसाधरण नेपाली जनताको पहुँचमा छैन । जनता त निरीह भएर बस्न बाध्य छन् । कोभिडका नाममा सरकारले गत तीन महिनामा ४ अर्ब रुपैयाँ सकेको तथ्यांकले देखाउँछ । सरकारले कोभिडपीडित कुनै नागरिकको हेरचाह र उपचार केही गर्न सकिँदैन भन्न थालेको छ । बरु नेकपाको ध्यान यता तिर केन्द्रित हुन जरुरी छ । नेकपामा अहिले देखिएको झगडाको निकास खोजिनु पर्छ । नेकपाको खासगरी युवा पंक्तिले पाटी फुटबाट जोगाउन बिशेष पहल गर्नुृ पर्छ । नेतृत्वको पहिचान भनेको संकटका बेलामा हुने हो । धेरैलाई नेकपा फुट्न लाग्यो भनेर चिन्ता छ । नेकपा फुटोस् भन्ने कसैको कामना छैन । लोकतन्त्रबाहेक अर्को राजनीतिक व्यवस्थाको कल्पना गर्न सकिदैन । सत्तारूढ पार्टीभित्रको विवादमा सरकार र पार्टीलाई प्रभावकारी बनाउनुपर्छ भन्ने आसय कसैको देखिँदैन । घुमाइ–फिराइ कसरी सत्तामा जान सकिन्छ भन्नेमात्र देखिन्छ, यसरी कसैको हित हुदैन । नेपालमा २०१५ सालमा बीपी कोइराला नेतृत्वको नेपाली काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेको थियो, जसलाई १८ महिनापछि राजा महेन्द्रले अपदस्थ गरे । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको बहुमतको सरकार काँग्रेसले नै ढाल्यो । त्यस बेला मुलुकको राजनीति मूलतः अस्थिर नैरह्यो, संयुक्त सरकारको गठन र विघटनका खेल सुरु भए । जसले गर्दा मुलुक गम्भिर संकटमा फस्यो । त्यो स्थिती कुनै हालतमा आउन दिनु हुदैन । सत्तारुढ नेकपाका शीर्ष नेताहरुले बिगतको इतिहासबाट पाठ सिकून् ।