जीवनमै पहिलोपटक भजन एल्बममा प्रमोद खरेल

लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो जीवनमै पहिलोपटक एकल स्वरको भजनसङ्ग्रह ‘ज्ञान सुधा’ सार्वजनिक गरेका छन् l चलचित्र एवं आधुनिक गायनमा ठूलो प्रसिद्धि कमाएका गायक खरेलको यो पहिलो ‘भजन सङ्ग्रह’ हो l मङ्सिर २५ गते बागबजारस्थित हेल्लो क्याफेमा आयोजित समारोमा उनको यो एल्बम औपचारिक रुपमै सार्वजनिक भएको हो l अग्रज गीतकारद्वय किरण खरेल र रत्नसम्शेर थापा, वरिष्ठ सङ्गीतकार राजु सिंह, लोकप्रिय गायक रामकृष्ण ढकाल र गायक प्रमोद स्वयम्ले एल्बमको संयुक्त रुपमा लोकार्पण गरेका थिए l संचारकर्मी सुमन पण्डितले संचालन गरेको सो कार्यक्रम अग्रज गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l
नीरभिमको शब्दरचना र दीपक भट्टराईको धुनमा प्रमोदको स्वर रहेको यस एल्बममा ‘प्रभू तिम्रो, सत् चित्त गरिकन, हरिको द्वारसम्म पुग्न, सुसुप्ति ब्रह्मा सारा र पाथीभरा माता’ बोलका ५ वटा भजन रहेका छन् l एल्बम दिक्षा क्रियशनले बजारमा ल्याएको हो l

video link