गीतको सार्वजनिक प्रयोग गरेवापत रोयल्टी तिर्न लामो समयदेखि आनाकानी गर्दै आएका निजी क्षेत्रका रेडियोहरुले पनि रोयल्टी दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् l हालै संचार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयकै सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराएको हो l पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिका अनुसार तीनवटै रोयल्टी संकलन समाज, सामुदायिक रेडियो प्रसारक संघ {ACORAB} र ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल { BAN} बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ l जस अनुसार १ देखि १०० वाट सम्मका रेडियोहरुले बार्षिक रु. २५००/-, १०१ देखि ५०० वाट सम्मका रेडियोहरुले बार्षिक रु.४,५००/-, ५०१ देखि १००० वाट सम्मका रेडियोहरुले बार्षिक रु.८,०००/- र १००१ वाट भन्दा माथिका रेडियोहरुले रु.१२,०००/- सङ्गीत रोयल्टी तिर्नुपर्ने सहमति भएको छ l समझदारी पत्रमा सम्बन्धित रेडियो एशोसिएशनहरुले आफ्नो मातहतका सदस्य रेडियोहरुलाई सङ्गीत रोयल्टी तिर्न/बुझाउन निर्देशन तथा परिपत्र गर्नुपर्ने कुरा उल्लेख गरिएको छ भने आ.ब.०७५/०७६ देखि हरेक आर्थिक बर्षको पुष मसान्त सम्म रेडियोहरुले रोयल्टी बुझाई सक्नुपर्ने छ l पत्रकार सम्मेलनमा संचार मन्त्री गोकुल बासकोटाको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण मन्त्रालयका सह सचिव एवं प्रवक्ता रामचन्द्र ढकालले गरेका थिए l
रेडियोहरु पनि सङ्गीत रोयल्टीको दायरामा आए
August 29, 2018
584 Views
1 Min Read
सम्बन्धित खबरहरु
‘कल कल मुया’मा जीवन र नम्रता
May 6, 2024
गरिबी र बेरोजगारीले निम्त्याएको वियोग ‘गन्तव्य खोज्दै’
April 26, 2024
सत्मार्गको सन्देश छर्दै गीतकार डा. भोला रिजाल
April 25, 2024
राजकुमार बगरको शव्द/सङ्गीतमा ‘दर्पण छायाले’
April 22, 2024
बालगीत ‘फूल जस्तै हामी नानी’ को भिडिओ सार्वजनिक
April 20, 2024
एकतर्फी प्रेम र अधुरो कथाको बेजोड प्रस्तुति
April 16, 2024
अमेरिकामा पनि सङ्गीतकर्ममै रमाएका केशव
April 16, 2024