भीम ज्वलन्त र रिताको “विकृति छाको छ ”

नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचाइएका गायक भीम ज्वलन्त योगी र गायिका रिता मगरको सन्देशमूलक गीत “विकृति छाको छ” को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सो गीत बजारमा ल्याएको कुरा गायक भीमले बताएका छन् । लोकदोहोरी पारखीहरुका लागि फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा ल्याईएको गायिका रिता मगरले जानकारी दिइन् ।

समाजको तीतो यथार्थलाई गीतमा समेट्ने प्रयास गरिएको गायक भीमले बताएका छन् । ममता खत्री तथा भीम ज्वलन्त योगीको शब्द तथा संगीतमा गीत तयार गरिएको हो । गीतको डान्सिङ भिडियोलाई दिनेश मुस्कानले क्यामेरामा कैद गरेका छन् भने भिडियोको निर्देशन एकराज थापाले गरेका हुन् । भिडियोमा सागर, रुविना, विष्णु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन दिनेश मुस्कानले गरेका छन् ।