सांस्कृतिक आदानप्रदान अन्तर्गत नेपाली परम्परात्मक लोक संस्कृति झल्काउने नृत्यहरुको प्रस्तुति दिएर ‘एभरेष्ट कल्चरल ग्रुप’ को टोली हालै स्वदेश फर्किएको छ lकार्यक्रम टर्कीको चनाक्का नगरपालिकाको आयोजनामा चनाक्का शहरमा सम्पन्न भएको थियो भने एक सातासम्म चलेको सो ‘लोक महोत्सव’ मा २० राष्ट्रका ३५ समूहले आ-आफ्नो देशका लोक एबं सांस्कृतिक नृत्यहरुको प्रस्तुति दिएका थिए l नृत्यमा १ हजार भन्दा बढी कलाकारहरुको सहभागिता रहेको कुरा कल्चरल ग्रुपका प्रमुख रामचन्द्र कोईरालाले जानकारी गराएका छन् l टोली रामचन्द्र कोईरालाको नेत्तृत्व र कल्चरल ग्रुपकी निर्देशक शितल आचार्यको संयोजकत्वमा टर्की पुगेको थाहा भएको छ l आफ्नो टोलीका कलाकारहरुले नेपालको प्रतिनिधित्व गर्दै झ्याउरे, तामांग सेलो, मारुनी, धिमाल, सोरठी लगायत १ दर्जन नृत्य प्रस्तुत गरेको कुरा टोली संयोजक आचार्यले जानकारी दिएकी छिन् l नेपालमा यस प्रकारको कार्यक्रमको आयोजना हुँदा सरकारी निकायलाई कुनै वास्ता नहुने गरेको सन्दर्भ उल्लेख गर्दै मेला आयोजना अवधिभर टर्कीका बाटो र घरहरुमा ठूलाठूला राष्ट्रिय झण्डा फहराइएको देख्दा आफ्नै देश सम्झेर दु:ख लागेको कुरा पनि टोली संयोजक आचार्यले म्युजिक डायरीलाई बताईन् l
टर्कीमा प्रस्तुति दिएर फर्कियो टोली
August 4, 2018
August 4, 2018
सम्बन्धित खबरहरु
१५३ विश्व कीर्तिमानी डा.डी.आर. उपाध्याय वान स्टार लण्डनद्वारा सम्मानित
September 17, 2024
फ्रान्स र स्पेनमा नेपाल चिनाउँदै फर्कियो नेपाली कलाकार टोली
September 3, 2024
अनेसास वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदीको उम्मेद्वारी
June 29, 2024
अनेसासको अध्यक्षमा सर्वज्ञको उम्मेद्वारी घोषणा
June 26, 2024
कीर्तिमानी सर्जक डा. उपाध्याय भारतमा सम्मानित
June 12, 2024
बंगलादेशमा नेपाली साहित्यको परिचर्चा
March 10, 2024