‘नेपाल साङ्गीतिक सङ्घ’ले गत चैत २१ गते एक कार्यक्रमको आयोजना गरी कोमल वलीलाई बधाई तथा शुभकामना दिएको छ l सङ्घकी वर्तमान सल्लाहकार तथा पूर्व अध्यक्ष गायिका ओली हालै राष्ट्रिय सभाको सांसद पदमा मनोनित भएकोले राज्यको उच्च निकायमा देशैभरिका कलाकारहरुको प्रतिनिधित्व भएको भन्दै सो कार्यक्रम हर्सोल्लासकासाथ आयोजना गरिएको कुरा सङ्घका वर्तमान अध्यक्ष मिलन मोक्तानले बताएका छन् l साधना कला केन्द्रको नृत्य प्रशिक्षण हलमा आयोजित सो कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ संगीतज्ञ प्रकाश गुरुङ, सङ्गीतकार सङ्घका अध्यक्ष लक्ष्मण शेष, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायक सीताराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो l
कोमललाई बधाई तथा शुभकामना
July 31, 2018
885 Views
1 Min Read
सम्बन्धित खबरहरु
योग्यता, क्षमता र लगनशीलताका पर्याय एआईजी सन्दीप भण्डारी
August 21, 2023
यसरी तयार भएको थियो ‘ग्रेटर नेपाल’को नक्सा
June 22, 2023
युवा ज्योतिष एवं वास्तुशास्त्री अनिलको सङ्गीत मोह
April 26, 2023
डाक्टर भगवान कोइराला सम्मानित
February 23, 2023
जहाज दुर्घटनाको कारण यकिन गर्न परिवर्तन नेपालको आग्रह
January 15, 2023
टमाटर क्रान्तिका महानायक डा. केदार बुढाथोकी
July 16, 2022