गहिरो प्रेम र एक अर्काप्रतिको समर्पण भावमा ‘मर्छु बरु हुन्न अरुको’

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको शब्दरचना एवं सङ्गीतमा रहेको गीत ‘मर्छु बरु हुन्न अरुको’ भिडिओमा रिलिज भएको छ । नरेश रेग्मी र मेलिना राईको स्वरमा रेकर्ड भएको यस गीतको सङ्गीत संयोजन प्रसिद्ध सारङ्गीवादक समेत रहेका सङ्गीतकर्मी हेमन्त कान्छा रसाईलीले गरेका हुन् भने गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड भएको हो ।

मौसम हिमालीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा डाइरेक्टर अफ फोटोग्राफी अजय रेग्मी रहेका छन् भने दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । प्रेमी-प्रेमिका बीचको गहिरो प्रेम र एक अर्काप्रतिको समर्पण भाव पोखिएको यस म्युजिक भिडिओमा नरेश रेग्मी र अश्विनी शाही लगायतका कलाकारहरुको आकर्षक नृत्य/अभिनय रहेको छ ।