-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको रचना/सङ्गीत रहेको गीत ‘नदुखाऊ यो दिल’ को भिडिओ सार्वजनिक भएको छ । सर्जक राजकुमारकै मिक्सिङ/माष्टरिङमा तयार भएको यस गीतको सङ्गीत संयोजन भने रमेश सेन्चुरीले गरेका हुन् । गीतमा प्रसिद्ध कलाकारद्वय वुद्धि अधिकारी र एलिना चौहानले स्वर दिएका छन् । प्रेमी प्रेमिकाबीचको स्वाभाविक असन्तुष्टि र घुर्कीका रमाईला भावहरु व्यक्त गरिएको यस गीतको भिडिओमा आकर्षक नृत्य/अभिनय देख्न सकिन्छ भने भिडिओ Buddhi Adhikari युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
टिकटक क्वीन जुना विश्वकर्मा र सरोज प्रजा लगायत दर्जनौं कलाकारहरुको मनमोहक नृत्य/अभिनय रहेको यो म्युजिक भिडिओ मुकेश नेपालीको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको हो । जसमा वुद्ध थापाको सिनेमाटोग्राफी र नवीन घर्ती मगरको सम्पादन रहेको छ । लोक, लोकदोहोरी, आधुनिक लगायतका गीतका शव्द एवं सङ्गीत सिर्जनामा ठूलो प्रसिद्धि आर्जन गरेका सर्जक राजकुमार ब^गरको यो गीतले श्रोतालाई लोक आधुनिक मिठासको भरपूर आनन्द दिन्छ भने भिडिओ नृत्यप्रधान भएकोले दर्शकले मन पराउने अपेक्षा गर्न सकिन्छ ।













