निशा सुनारको तिज गीत ‘लाली लपक्कै सारी धपक्कै’ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’

भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको बाढीले धनजनको क्षति हुनुका साथै मानवीय क्षति पनि भयो। कतिपयले ज्यान गुमाए त कति अझै बेपत्ता भएका छन्। जिवित ब्यक्तिहरु बाढीबाट प्रभावित भएका छन्। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा नेपालमा ठुला बिपत्ती भयो। त्यसकारण पनि नेपालीहरुको मनमा ठूलो पीडा छ। यस्तो अवस्थामा पनि तीज गीत सार्वजनिक नहुनुपर्ने हो, तर पनि चर्चित गायिका निशा सुनारको तीज विशेष गीत लाली लपक्कै सारी धपक्कै” सार्वजनिक भएको छ।

लाली लपक्कै सारी धपक्कै गीत तीज विशेष गीत भएको अनि महिलाहरुलाई लक्षित गरी बनाईए पनि नेपालको बिपदको घट्नाले गीतको सार्वजनिक मिति सारेको कुरा निशा सुनारले बताउनुका साथै महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यो गीत सार्वजनिक गरेको र यसलाई अन्यथा नलिन अनुरोध गरेकी छिन्।

यस गीतमा निशा सुनार र प्रकाश सपुतको स्वरको रहेको छ भने प्रकाश सपुतकै शब्द, संगीत रहेको छ। गीतको भिडियोमा सुनिल बि.क. को निर्देशन, गम्भिर बिष्टको कोरियोग्राफी, हरि हुमागाईको छायाँकन, प्रबिन भट्टको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा प्रकाश सपुत, अग्रज नायिका निरुता सिंह र बिन्दु बोहोराको अभिनय रहेको छ। यस गीतलाई सनिशा फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।