प्रेम परक भावको गीतमा गीतकार ‘बित्यासी’

लोकप्रिय गीतकार वसन्त बित्यासी थापाको रचनामा रहेको प्रेम परक भावको गीत ‘आँखी झ्यालैमा’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ । Best Tone Music युट्युब च्यानलबाट भरखरै भिडिओ डिजिटल बजारमा आएको हो । कल्याण सिंहको सङ्गीत र पुनम गुरुङको स्वर रहेको यस गीतमा म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ दिनेश श्रेष्ठले गरेका छन् भने विनोद बमको ग्राफिक्समा भिडिओ निर्माण भएको हो ।