तेस्रो ‘एकल लोक गायन प्रतियोगिता – २०८३’ भव्य रुपमा सम्पन्न

नेपाली लोक कला, संस्कृतिको जगेर्ना, संरक्षण, सम्बर्धन तथा प्रबर्धन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा जेठ २३ गते तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३ भब्य रुपमा सम्पन्न भएको छ। प्रतियोगितामा सोही समितिकी अध्यक्ष बेलिमाया पुलामीको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, वरिष्ठ लोक गायक एवं चलचित्र निर्देशक नारायण रायमाझी, ईन्द्रेणी फाउन्डेशनका कृष्ण कंडेल, वरिष्ठ लोक गायिका शर्मिला गुरुङ, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष राजु ढकाल, प्रतिष्ठानकी सचिव देवी घर्ती मगर, प्रतिष्ठानकी केन्द्रीय सहकोषाध्यक्ष जुना श्रीष मगर, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष अर्जुन थापा मगर, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, वरिष्ठ रंग पत्रकार सुमन बैरागी पण्डित, चर्चित मोडल तथा निर्देशक शिवन पोखरेल, अग्रज पत्रकार कालिका महत, म्युजिक खबरकी सम्पादक सबिता पोखरेल, बिशाल चौतारीका पत्रकार तथा सञ्चालक बिशाल राई, महिला नौमती पञ्चेबाजा समूहकी अध्यक्ष जानुका पौडेल, समाजसेवी विकाश पन्त, समाजसेवी शिब गुरुङ, उपत्यका समन्वय समितिकी वरिष्ठ उपाध्यक्ष शर्मिला कंडेल, चर्चित गायक एवं सर्जक राम कुमार नेपाली, १० वटै समितिका अध्यक्ष तथा प्रतिनिधि तथा कलाकार र पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो।

तेस्रो एकल लोक गायन प्रतियोगिता २०८३ मा औपचारिक कार्यक्रम ललितपुर समितिका सचिव भरत परियारले सञ्चालन गरेका थिए भने कार्यक्रम सञ्चारकर्मी तथा ललितपुर समितिका पूर्व अध्यक्ष एवं संरक्षक राज कुमार रायमाझीले सञ्चालन गरेका थिए।

तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३ को अवसरमा वरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई राष्ट्रिय लोक स्रष्टा सम्मानद्वारा सम्मान गरिएको थियो। उक्त प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिले भाग लिएका थिए। प्रतियोगितामा चाबहिल समितिका दिनेश परियार प्रथम, अनामनगर समितिकी खुश्बु सुनार द्वित्तीय, ठमेल समितिका जिपी सुन्दास तृतीय हुन सफल भएका थिए। प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्वित्तीय पुरस्कार २० हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैयाँ निर्धारण गरिएको थियो।

प्रतियोगिताको प्रथम पुरस्कार ललितपुर समितिका संस्थापक अध्यक्ष तथा संरक्षक उदय भट्टराईले प्रायोजन गरेका थिए भने द्वित्तीय पुरस्कार बराह ज्वेलर्सकी सञ्चालिका तथा ललितपुर समितिकी संस्थापक सल्लाहकार मनिषा कार्की र तृतीय पुरस्कार ब्रेभ गोर्खा म्यान पावर सर्भिसले प्रायोजन गरेको थियो।

प्रतियोगिताको अवसरमा ललितपुर समितिका सल्लाहकारहरु र पूर्व अध्यक्ष तथा संरक्षकहरु, कलाकार, समाजसेवी, पत्रकारहरुलाई सम्मान गरिएको थियो। प्रतियोगितामामा ललितपुर समितिका सहसचिव सन्देश अधिकारीले बाध्यबादन संयोजकको भूमिका निर्वाह गरेका थिए भने ललितपुर समितिका प्रथम उपाध्यक्ष पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले ब्यवस्थापन तथा मिडिया संयोजकको भूमिका निर्वाह गरेका थिए।

सो प्रतियोगितामा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष राजु ढकाल निर्णायक संयोजकको रुपमा रहेको थिए भने प्रतिष्ठानकी सचिव देबी घर्ती मगर, प्रतिष्ठानकी केन्द्रीय सहकोषाध्यक्ष जुना श्रीष मगर, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष अर्जुन थापा मगर र चर्चित गायक एवं  सर्जक राम कुमार नेपाली निर्णायकको भूमिकामा रहेका थिए।