सीताको स्वरमा दिनेशको निर्देशन रहेको ‘परदेश जाने’ बोलको म्युजिक भिडिओ सार्वजनिक

-सुरज पौडेल 

सीता आङ्देम्बे र भिम शेर्मा लिम्बुको आवाज रहेको गीत ‘परदेश जाने’ को भिडिओ गायिका सीताको आफ्नै युट्युब च्यानल Sita Angdembe मार्फत सार्वजनिक गरिएको छ । भिडिओमा नेपालीको बाध्यतात्कम परिस्थिति र जीवन धान्नकै निम्ति विदेशिनु पर्ने पिडालाई मर्मस्पर्शी ढङ्गमा देखाईएको छ । माया आङ्देम्बेको प्रस्तुति रहेको यस गीतको शब्द माया आङ्देम्बे स्वयंको हो भने कम्पोज पनि उनकै हो । स्वरमा सीता आङ्देम्बेलाई गायक भिम शेर्मा लिम्बूले साथ दिएका छन् ।

यस गीतमा राजु कार्कीको म्युजिक एरेञ्ज रहेको छ । सुजन श्रेष्ठ छायांकार  र कृष्ण सुवेदी मेकअप पर्सन रहेको यस गीतको भिडिओमा मानहाङ लावती, गीता माबुहाङ, बाल कलाकारको रुपमा निङ्वा योङ्हाङ र रहा राई रहेका छन् । अनिल रानाले यस भिडिओलाई सम्पादन गरेका हुन् भने निकै मर्मस्पर्शी यस गीतको सार्थक भिडिओ बनाउने काम निर्देशक दिनेश माङमुले गरेका हुन् ।