गायक श्याम प्रसाद सुवेदीको आधा नेपाली, आधा भोजपुरी सार्वजनिक

नेपाली तथा भोजपुरी भाषाको समिश्रणमा तयार गरिएको गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतको शब्द, संगीत तथा स्वर स्वयं गायक श्याम प्रसाद सुवेदीकै रहेको छ भने संगीत संयोजन सन्तोष प्रगाढले गरेका छन् ।

तृष्णा फिल्मस् नेपालको प्रस्तुतिमा तयार गरिएको यो भिडिओ निर्माणमा प्रकाश भट्ट र पार्वती सुवेदीले सहयोग गरेका छन् । व्यवस्थापन इन्द्र बस्यालले सम्हालेका छन् भने मेकअपमा ज्योति सोनाम रहेकी छन् । नेपाली र भोजपुरी संस्कृतिको मिठास समेटिएको यस गीतको भिडिओमा अग्नि राना मगर र दिब्या बुर्लाकोटीको आकर्षक अभिनय देख्न सकिन्छ भने छायांकन केशव अधिकारी खत्री, निर्देशन कृष्ण राजभण्डारी (एसक्यू) को रहेको छ ।