— इ. रोशन मञ्जुश्री अधिकारी
गायिका रश्मि हुमागाईंले गाउनुभएको नयाँ गान अक्षरधाम यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सुन्दरताको बीज छर’ बोलको उक्त गान हरि मञ्जुश्रीको रचना र सङ्गीतमा तयार भएको हो । मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा इ. रोशन मञ्जुश्री अधिकारीको सम्पादन र बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको उक्त गानलाई साहित्यिक स्रष्टा प्रजापति तिमिल्सिनाले सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा यही जेठ ९ गते शनिबार आयोजना गरिएको थियो । यसअघि यस गानमा हरि मञ्जुश्रीको स्वर थियो । त्यही गानलाई रश्मि हुमागाईंले पनि गाउनुभएको हो । दुवै गान यु–ट्युब खोली हरि मञ्जुश्री या रश्मि हुमागाईं टाइप गरेर सुन्न र हेर्न सकिन्छ । पुरुषको स्वरमा भन्दा महिलाको स्वरमा यो गान बढी प्रभावपूर्ण बनेको छ ।













