ईश्वर थापाको ‘हिउँको आँगन’ सार्वजनिक

-सानु श्रेष्ठ 

प्रणय दिवसको अवसर पारेर बहुप्रतिभाशाली सर्जक इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय रहेको छ भने गायक इड्वर्ड थापा र गायिका अलिसा गुरुङको सुमधुर स्वरले गीतलाई अझ आकर्षक बनाएको छ।

प्रेमभाव झल्किने उक्त गीतमा शब्द तथा संगीत स्वयं निर्देशक इश्वर थापाकै रहेको छ। संगीत संयोजन जर्ज क्षेत्रीले गरेका छन्। भिडियोको छायांकन जीवन पराजुलीले गरेका हुन् भने सम्पादन प्रकाश पण्डितले गरेका छन्। भिडियो ‘इश्वर थापा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रणय दिवसलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले प्रेमिल भावना बोकेको सन्देश प्रस्तुत गरेको छ।