— स्वयम्भू शाक्य
भजन–गायिका रश्मि अधिकारी हुमागाईं र भजन–गायक इ. रोशन मञ्जुश्री अधिकारी दिदीभाइलाई काठमाडौँ सीतापाइलामा अवस्थित टाइम्स एलिमेन्ट्री स्कुलले आज माघ २४ गते संयुक्त रूपमा सम्मान गरेको छ । उहाँहरूले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानहरूमा स्वर दिनुभएको छ । सम्मानपत्रमा नेपाली भजन–सङ्गीतका क्षेत्रमा आबद्ध रही सामाजिकीकरण गरिएका भजनहरू गाएर भजनको आधुनिकीकरणमा योगदान गर्दै भजन–सङ्गीतमा नवीन मार्गदर्शन गराउनुभएकोमा आधुनिक भजन–गायनका प्रतिभाशाली व्यक्तित्वद्वय दिदीभाइ रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीलाई ‘टाइम्स एलिमेन्ट्री सम्मान’ द्वारा संयुक्त रूपमा सम्मान गरिएको बेहोरा उल्लेख गरिएको छ ।
सम्मानपत्रमा प्रमुख अतिथि फणीन्द्ररत्न वज्राचार्य, सभापति डा. चुन्दा वज्राचार्य र प्रधानाध्यापक पल्पसा महर्जनले हस्ताक्षर गर्नुभएको छ । रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारी शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा त्यस संस्थाबाट उत्पादित गायिका र गायक हुनुहुन्छ । रश्मि हुमागाईं चितवनमा हुनुभएकाले उहाँका तर्फबाट डा. इन्दुल केसीले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।














