थुमन शर्मा र मिनु गैरेको ‘मायाको असर’ सार्वजनिक

-सानु श्रेष्ठ 

गायक थुमन शर्मा तथा गायिका मिनु गैरेको सुमधुर आवाजमा सजिएको ‘मायाको असर’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ। काठमाडौंको बानेश्वरस्थित लफ्ट लाउन्जमा आयोजित एक कार्यक्रममा कलाकार तथा पत्रकारहरूको उपस्थितिमा केक काट्दै गीतको भिडिओ सार्वजनिक गरिएको हो। आउँदै गरेको भ्यालेन्टाइन डे लक्षित गरी भ्यालेन्टाइन सप्ताहको अवसरमा उक्त गीत थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा चर्चित सेक्साफोनिस्ट तथा सङ्गीतकार शिवराज गौतमको शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन रुबिन मगरले गरेका छन्। त्यस्तै, मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ। थुप्रै सफल म्युजिक भिडिओ निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको यस भिडिओमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडिओ व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायाङ्कन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ।